प्रथम पटक प्रकाशन मिति: २०८२/११/२८

मनोविमर्शकर्ता आवश्यकता

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरूमा मनोसामाजिक सहयोग पुर्याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरू पनि सञ्चालन गर्दै आईरहेको छ ।

हाल यस संस्थाले UNICEF को सहयोगमा मधेश प्रदेशको सप्तरी जिल्ला अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका बालबालिका, उनीहरूको स्याहारकर्ता तथा जोखिममा रहेका समूहहरूलाई प्रवर्धनात्मक तथा सहयोगात्मक क्रियाकलापहरूको माध्यमबाट मनोसामाजिक सु–स्वास्थ्य प्रवर्धन गर्ने उदेश्यले संचालन भईरहेको परियोजनाका लागि मनोविमर्शकर्ताको आवश्यकता  परेको हुनाले तल उल्लेखित योग्यता पुगेका व्यक्तिहरूले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गर्दछौं ।

क्र.स.

स्थान

मनोविमर्शकर्ता माग संख्या

अवधि

अग्नीसाइर कृष्णासवरन गाउँपालिका, सप्तरी

१ जना

५ महिना (आवश्यकता अनुसार थप हुन सक्ने)

कामको प्रमुख जिम्मेवारीहरू:

  • मनोसामाजिक सहयोगको आवश्यकता लेखाजोखा गर्ने, बालबालिका, उनीहरूको स्याहारकर्ता तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यकता अनुसार उपयुक्त मनोसामाजिक सहयोग प्रदान गर्ने र थप विशिष्ट सेवा आवश्यक भएमा सिफारिस गर्ने ।
  • समूहमा मनोसामाजिक सहयोग तथा आवश्यकता अनुसार मनोवैज्ञानिक सहयोग प्रदान गर्ने ।
  • मनोवैज्ञानिक सहयोगका विभिन्न क्रियाकलापहरू संचालन गर्ने ।
  • मनोसामाजिक समस्याको रोकथाम सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
  • छोटो अवधिका मनोसामाजिक सहयोग सम्बन्धी तालिम सञ्चालन गर्ने ।
  • मनोसामाजिक सहयोग सम्बन्धी अभिमूखीकरण सञ्चालन गर्ने ।
  • सामुदायिक मनोसामाजिक कार्यकर्ताको सुपरिवेक्षण, अनुगमन तथा कार्यक्रम सञ्चालनमा आवश्यक सहयोग गर्ने ।
  • सुपरीवेक्षकसँग नियमित सुपरीवेक्षणमा सहभागी हुने ।
  • बालबालिका तथा किशोरकिशोरीहरूमा थप मानसिक तथा मनोसामाजिक समस्या पहिचान भएमा थप सेवाका लागि सिफारिस गर्ने ।
  • परियोजना सञ्चालन भएको क्षेत्रमा नियमित भ्रमण गर्ने ।
  • सशक्त महिला समृद्ध नेपाल कार्यक्रमका अन्य साझेदार संघ संस्था तथा निकायहरुसँग मनोसामाजिक सहयोगका क्षेत्रमा आवश्यकता अनुसार कार्यक्रम सञ्चालनका लागि समन्वय र सहकार्य गर्ने ।
  • सहयोगका गतिविधि बारे सुपरभाईजर, अभिलेखिकरण अधिकृत, परियोजना संयोजक, कार्यक्रम विज्ञलाई नियमित रुपमा प्रतिवेदन बुझाउने ।

सीप, योग्यता तथा अनुभव :

  • नेपाली नगरिकता भएको महिला हुनुपर्ने ।
  • कम्तिमा १०+२ वा कुनै पनि विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी ६ महिने मनोविमर्श तालिम प्राप्त गरेको हुनुपर्ने वा मनोपरामर्श मनोविज्ञानमा पोष्ट ग्राजुयट उत्तीर्ण अथवा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरी ६ महिने मनोविमर्श तालिम प्राप्त गरेकोलाई प्राथमिकता दिइनेछ।
  • कुनै पनि आपराधिक क्रियाकलाप, फौजदारी अभियोग  नभएको तथा यौनजन्य हिंसा, शोषणको आरोप पुष्टि नभएको हुनुपर्ने ।
  • समुदायमा राम्रोसँग घुलमिल भएर काम गर्ने क्षमता भएको हुनुपर्नेछ ।
  • स्थानीय भाषा बोल्न र बुझ्नसक्ने तथा स्थानीय बासिन्दालाई प्राथमिकता दिईनेछ ।
  • कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ ।
  • समुदायमा लैंगिक हिंसा र बालबालिका तथा किशोरकिशोरीहरूसँग कम्तिमा १ वर्ष कार्य गरेको अनुभव भएको व्यक्तिलाई प्राथमिकता दिईनेछ ।

आवेदन प्रकृया

इच्छुक व्यक्तिले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हासिल गरेका प्रमाण पत्रका प्रतिलिपिहरू, शैक्षिक प्रमाण पत्र र नागरिकताको एक एक प्रति संस्थाको इमेल: hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नुहुनेछ । तोकिएको मिति भन्दा पछि प्राप्त आवेदनलाई मान्यता दिइने छैन ।

आवेदन फारम बुझाउने अन्तिम मितिः २०८२ चैत्र गते बुधबार सम्म ।  तोकिएको मिति भन्दा पछि आएका निवेदनहरूलाई मान्यता दिएने छैन

आवश्यक योग्यता पुगि छनौटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । पदपूर्ति प्रक्रियासम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार टि.पि.ओ. नेपालमा निहित हुनेछ । सेवा सुविधाहरू टि.पि.ओ. नेपालको नियमअनुसार तथा परियोजनाको सम्झौता अनुसार हुनेछ ।

नोटः टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ साथै स्थानीय, अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनीयता कायम गरिनेछ ।  टि. पि. ओ. नेपालले यौन शोषण र दुर्व्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन ।