तनाव र यसको व्यवस्थापन

-जमुना महर्जन श्रेष्ठ

जब कुनै व्यक्ति चिन्ता वा तनावमा हुन्छ वा कुनै विषयमा विचार मग्न हुन्छ, त्यसबेला उसका मांसपेशीहरु खुम्चिन्छन् र साह्रो बन्छन् । हाम्रो शरीर र मांसपेशीहरु हामीले अनुभव गरे भन्दा निकै सक्रिय हुन्छन् । त्यसैले हामीले हुन्छ कि हुँदैन ?, ठिक कि बेठिक ?, हो कि होइन ?, जस्ता विचारहरू साेचिरहँदा यी मनमा आउने भावले हामीलाई तनावग्रत बनाउँछ । के यो नराम्रो हो त ? हो पनि र होइन पनि । यस्ता भावहरु नकारात्मक नभइ सकारात्मक पनि हुन्छन् । जस्तैः कोरोना महामारीकाे अस्वभाविक वा असामान्य अवस्थामा तनाव हुनु एक स्वभाविक वा सामान्य प्रतिक्रिया हाे । यतिबेला डराउनु भनेकाे एक उत्तेजित सतर्कता हो । यो उपयोगी हुन्छ । यसले मानिसलाई चनाखो बनाउँछ र शिघ्र कार्य गर्न तयार पार्दछ । जब व्यक्ति डराउँछ उसका मांसपेशीहरु कडा बन्छन् । यस्तो बेला भाग्न वा त्यस विरुद्ध जुझ्नलाई व्यक्ति तयार हुन्छ । उदाहरणको लागिः बाघ कराएको आवाज नजिकै सुनियो वा बाघ आक्रमण गर्न तपाईं बसेको ठाउँ नेर आइपुग्यो भने यस्तो बेला डरले शरीर कडा हुन्छ र त्यसको सहायतामा त्यहाँबाट उम्कन मद्दत पुग्छ । तर कहिलेकाहीँ भने डरलाग्दो अवस्था समाप्त भइसक्दा पनि व्यक्तिको मनमा डर रहिरहन्छ ।

कोही मानिसहरु सानातिना समस्यालाई लिएर चिन्तित हुन्छन् । कोही कोही मानिसहरु भने जीवनमा सधैँ आफूले राम्रो काम गर्ने प्रयत्न गर्दा गर्दै पनि आफूले गरेको काम राम्रो होइन कि भनेर चिन्तित हुन्छन् । चिन्ता लिनु नपर्ने कुरामा पनि कहिलेकाहीँ चिन्ता लिइरहन्छन् । यसले अनावश्यक चिन्ता तथा डर उत्पन्न गर्छ । जसले गर्दा शरीरमा तनाव उत्पन्न हुन जान्छ । पछि गएर यसले शरीरको विभिन्न प्रणालीहरु र मनस्थिति समेतमा हानि पुर्याउँदछ ।

चिन्ता वा डरका कारण जब शरीरको मांसपेशीहरु लामो समयसम्म खुम्चिएर साह्रो बन्दछन् त्यसबाट शरीरका विभिन्न भागहरुमा दुखाइका लक्षणहरु देखा पर्ने वा महसुस हुन थाल्दछन् । यसले अर्को चिन्ता वा तनाव थप्दछ । तनावग्रत मानिसहरु आफूलाई शारीरिक र मानसिक रुपमा ठिक भएको अनुभव गर्दैनन् र हरहमेशा थकान वा शरीर गलेको महसुस गरिरहेका हुन्छन् । शारीरिक स्वास्थ्यको जाँच गर्दा पनि खासै शारीरिक समस्या भएको देखाउँदैन तर निरन्तर दुखाइ भने महसुस भइरहने भएकोले यसलाई शारीरिक शिकायत पनि भन्ने गरिन्छ । यस्ता मानिसहरू कठिनसँग जीवनयापन गरिरहेका हुन्छन् । केटाकेटीहरुसँग खेल्दा, अरुसँग कुराकानी गर्दा वा दैनिक कामकाजमा पनि आनन्दकाे महसुस गर्न सक्दैनन् । यी लक्षणहरुले थप चिन्ता तथा डर बढाउँछ र मांसपेशीहरु झन् कडा बन्दछन् । यसरी मानिसहरु डर र चिन्ताका कारण – मांसपेशीहरु खुम्चिएर कडा हुनपुगी – शारीरिक पीडाको चक्रव्युहमा फस्न पुग्दछन् ।

तनावको व्यवस्थापन
तनावलाई कम गर्न सकेमा शारीरिक दुखाइ पनि घट्दछ र समस्याको सामना सजिलै गर्न सकिन्छ । तनाव व्यवस्थापन पछि मानिसहरू शान्त तथा फूर्तिलो महसुस गर्दछन् र चिन्ताको सामना सजिलै गर्न सक्दछन् । यस्तो अवस्थामा समस्याको समाधान गर्ने क्षमता बढेर जान्छ । सकारात्मक सोचको विकास भइ, शरीरमा उर्जा प्राप्त हुन पुग्दछ र थप आशावादी हुने, खुशीको अनुभव गर्दै साँच्चै नै मन शान्त र आनन्द हुने, शरीर पनि हल्का र फुर्तिलो भइ निरोगको आभास हुन थाल्दछ । यस्तो महसुस हुन वा गर्नको लागि निम्न कुराहरुमा ध्यान दिनु आवश्यक हुन्छ ।

१) आफ्नो घर तथा समाजमा उत्पादित समय अनुसारका पौष्टिक आहारलाई उचित तरिकाले मिलाएर सन्तुलित भाेजन खाने (बजारमा मात्र पोष्टिक आहार पाइन्छ भनेर हिँड्नु कस्तुरीले विणा खोजे जस्तो मात्र हो ।)

२) नियमित व्यायाम, योग तथा ध्यान गर्ने

३) आराम गर्ने र रमाइलो वातावरण सिर्जना गरेर बस्ने

४) मन मिल्ने वा विश्वासिलो व्यक्तिसँग कुराकानी आदानप्रदान गर्ने

५) आफ्नो तथा परिवारका सदस्यहरुको कमजोरी तथा नकारात्मक कुरा कहिल्यै पनि अन्य व्यक्तिसँग नगर्ने । गर्नै परेमा समस्या समाधानमा सहयोग गर्ने व्यक्तिसँग मात्र गर्ने । जसले गोपनियता कायम गर्दछ ।

६) आफ्नो तथा परिवारका सदस्यहरुको प्रशंसा र राम्रा पक्षहरुको बारेमा सधैं अरुसँग चर्चा गर्ने र खुशी हुने

७) आफूलाई कमजोर छु भन्ने कहिल्यै पनि नसोच्ने

८) धेरै गाह्राे महसुस भएमा सहयाेगकाे खाेजी गर्ने

यी बाहेक थुप्रै अरु चीजहरु जसले आफ्नाे मन र शरीरलाई आनन्द दिन्छ त्यस्ता गतिविधि र क्रियाकलापहरुलाई दैनिक कामकाजी जस्तै गरी जीवनको एउटा पाटो हो भन्ने सम्झेर निरन्तता दिनु जरुरी हुन्छ । तनाव हरेकको जीवनमा जन्म देखि मृत्यु नहुन्जेल आउँछ र जान्छ । यसलाई होशका साथ अपनाइ सही र गलत छुट्याउँदै सकारात्मक तरिकाबाट सामना गर्दै अगाडि बढेको खण्डमा जीवन जिउन सजिलो मात्र हुँदैन, जीवनले आनन्द र सार्थकता पनि पाउँछ ।

References:

  • TPO Nepal Training Materials
  • Transforming the pain – A workbook on Vicarious Traumatization – Karen W. Saakvitne & Laurie Anne Pearlman
  • Shake if off naturally: Reduce stress, Anxiety & Tension with (TRE) – David Berceli PhD.
  • Walking the Tiger Healing Trauma – Peter A. Levine
Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us