लकडाउनमा समुदायमा हिंसा वृद्धि : मनोसमाजिक समस्या अझ बढ्दै

चितवन समाचार

शालिग्राम नेपाल,
चितवन, २८ वैशाख । लकडाउनको समयमा समुदायमा हिंसा वृद्धि भएको एक अध्ययनले देखाएको छ । टीपीओ नेपालको समन्वयमा छ जना अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो देखाएको हो ।
अनुसन्धानकर्ता रमेश प्रसाद अधिकारीका अनुसार हरेक एघारजना मध्ये एकजनाले आफ्नो समुदायमा यो बन्दाबन्दी (लकडाउन)को अवस्थामा हिंसा भईरहेको बताएका छन् । समुदायका व्यक्तिमा भएको कुनै एकप्रकारको हिंसा, बालबालिका, महिला, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिमा समेत हिंसा भएको पाइएको छ ।
अनुसन्धानकर्ता तथा मनोचिकित्सक डाक्टर कमल गौतमले भन्नु भयो ‘लकडाउनको समय वृद्धि हुदै गर्दा मनोसामाजिक समस्यासंगै हिंसाको घटना बढेको छ ।’ लकडाउन अझ वृद्धि भएमा हिंसाको घटना अझ बढ्ने अनुमान गरिएको छ । सामान्य अवस्थामा भन्दा अहिले हिंसाको महसुस गरेको पाइएको उहाले जानकारी दिनु भयो ।
यस्तै गरी गएको चैत्र महिना यता मनोसामाजिक समस्या अझ वृद्धि भएर गएको छ डाक्टर गौतमले भन्नु भयो । यस अगाडि गरिएको अध्ययनमा मनोसामाजिक समस्या हुने ४२ प्रतिशत रहेको थियो भने अहिले ५० प्रतिशत पुगेको छ । यसले के देखाउछ भने बन्दाबन्दीको कारण मानिसमा बेचैनी, डर चिन्ता, उदास, दिक्दारीले सताइराखेको छ डाक्टर गौतमले भन्नु भयो ।
सार्वजनिक प्रतिवेदनमा ५० प्रतिशत उत्तरदाताहरूले कम्तिमा एउटा र ३२ प्रतिशत उत्तरदाताहरूले दुई वा सो भन्दा बढी मनोसामाजिक समस्याहरू जस्तै बेचैनी, डर, चिन्ता, उदास वा दिक्दारीबाट प्रभावित भएको बताएका थिए ।
यो भन्दा पहिला गत अप्रिल ३ देखि १० सम्म उस्तै तरिकाबाट गरिएको अध्ययनसँग तुलना गरेर हेर्दा बढि हो । पहिला एकहजार पाँचसय सात नमूना सर्वेक्षणमा ४२ प्रतिशतमा कुनै एक मनोसामाजिक समस्या र २६ प्रतिशतमा दुई वा सो भन्दा बढि समस्या रहेको पाईएको थियो ।
प्रतिवेदनमा वन्दावन्दी भएपछि अन्य समयमा भन्दा घरेलु कामको बोझ माहिलामा वृद्धि भएको देखाएको छ । पुरुषहरु वस्ने र उनीहरुलाई खाना वनाएर दिनु पर्ने, घरायसी काम समेत महिलाको काँधमा पर्ने भएकाले कामको वोझ वृद्धि भएको हो । प्रतवेदनले हरेक चारजना मध्ये एकजना महिलाले बन्दाबन्दीको अवस्थामा आफुले पहिलाको भन्दा बढिकाम गर्नु परेको बताएका थिए ।
वैशाख ११ देखि २१ सम्म अनलाइन मार्फत दुइहजार १४ जनालाई प्रश्नावली सोधिएको थियो । उनीहरु मध्य गएको दुइ हप्तामा १८ प्रतिशत उत्तरदाताहरु बेचैनी, १८ प्रतिशत उत्तरदाताहरु डर, २९ उत्तरदाताहरु दुःखी, ३७ उत्तरदाताहरु अन्योल तथा चिन्ताजन्य समस्याबाट गुज्रिरहेको बताएका थिए ।
कोभिड १९ लाई रोकथाम गर्ने सम्बन्धमा सरकारलाई दिईएको सुझावमा जाँचको दायरा बढाउनु पर्ने, सामाजिक दुरी कायम गर्दै क्रमिक रुपमा लकडाउन खुकुलो बनाउदै लैजानु पर्ने सुझाव धेरैजसो उत्तरदाताहरुले दिएका छन् ।
विस प्रतिशत उत्तरदाताहरुले स्थानीय सरकार र सघं सस्थाहरुले राम्ररी राहत वितरण गरिरहेको, ३८ ले राहत केहिकेहि मानिसहरुलाई मात्र बाडेको, १३ ले राहत विवेदपूर्ण तरिकाले बाढेको बताएका थिए ।
सरकारले ल्याएको कोभिड १९ सँग सम्बन्धित बिमाका बारेमा एकदमै थोरै मानिसहरुमात्र जानकार भएको पाईएको छ । कोभिड – १९ का कारण देशमा अन्य अवस्थामा भन्दा पनि बढि मनोसामाजिक समस्या देखिएको छ । लकडाउन बढ्दै जादा मनोसामाजिक समस्या पनि बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा सरकार तथा सम्बन्धित निकायबाट छिटो भन्दा छिटो आवश्यक कदमहरु चाल्दै समयमा नै यसलाई सम्बोधन गर्दै जानुपर्ने देखिन्छ । मानसिक स्वास्थ्यको विषयमा अध्ययन अनुसन्धान गर्दै आएको बहुसास्कृतिक मनोसामाजिक सस्था नेपाल (टी.पी.ओ.)को समन्वयमा रमेश प्रसाद अधिकारी, अमनसेन गुप्ता, सुरज कोइराला, राजन श्रेष्ठ, पिताम्बर कोइराला, डाक्टर कमल गौतम सहभागी हुनु भएको थियो । यस अगाडि चैतमा मनोसामाजिक समस्याको विषयमा गरेको अध्ययन सार्वजनिक गरिसकेको छ । यो दोस्रो अनुसन्धान अध्ययन प्रतिवेदन हो ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us