मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग तालिम सम्पन्न

विदुर। लिखु गाउँपालिका र सुर्यगढी गाउँपालिकाको संयुक्त आयोजना र बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टीपीओ नेपाल) को प्राविधिक सहयोगमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धि तालिम सम्पन्न भएको छ ।

दुवै गाउँपालिकामा कार्यरत सहायक स्वास्थ्यकर्मीहरुका लागी ६ दिने मानसिक स्वास्थ्यको निदान र उपचारसम्बन्धि तालिम र अहेव तथा अनमीहरुका लागी आधारभुत मनोसामाजिक सहयोग सम्बन्धि ३ दिने तालिम प्रदान गरिएको टीपीओ नेपालले जनाएको छ ।

पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको छ । समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु नि:शुल्क पाईने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ ।

तालिमपश्चात समुदायस्तरबाटै मानसिक रोगको निदान, उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्नको लागी सहज हुने सहभागीहरुले बताईएको छ । समुदायमा मानसिक रोगबारे भएका लाञ्छाना तथा विभेदको रोकथाम गर्न र सर्वसाधरणलाई नि:शुल्क उपचारको पहुँच विस्तार गर्नमा तालिमको महत्वपुर्ण  भूमिका रहेको टीपीओ नेपालका एमएचपीएसएस एड्भोकेसी अधिकृत जितेन्द्र राईले जानकारी दिनुभयो । मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट यथेष्ट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने अधिकृत राईले बताउनुभयो ।

तालिम पहिलो चरणमा लिखु गाउँपालिका वडा नं ४ को चौघडा स्वास्थ्य चौकीमा लिखु गाउँपालिकाका अहेव तथा अनमीहरुलाई ३ दिने आधारभुत मनोसामाजिक सहयोग सम्बन्धि तालिम भएको थियो । दोश्रो चरणमा ६ दिने लिखु र सुर्यगढी गाउँपालिमा कार्यरत सहायक स्वास्थ्यकर्मीहरुका तालिम भएको थियो । त्यस्तै, तेस्रो चरणमा सुर्यगढी गाउँपालिकामा कार्यरत अहेव तथा अनमीहरुका लागी ३ दिने सामाजिक तालिम प्रदान गरिएको टीपीओ नेपालले जनाएको छ ।

तालिमका सहभागीहरुलाई सुर्यगढी गाउँपालिका र लिखु गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतहरुको छुट्टाछुट्टै उपस्थितीमा तालिममा सहभागी स्वास्थ्यकार्यकर्ताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । स्वास्थ्य क्षेत्रका कार्यक्रमहरुमा मानसिक स्वास्थ्यलाई पनि प्राथमिकताका साथ स्थानियतहमार्फत् नियमित गर्नमा जनप्रतिनिधीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

टीपीओ नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रमलाई समुदायस्तरमा संचालन गर्नका लागी निरन्तर पैरवी गर्दैै आइरहेको छ ।

http://dabalikhabar.com/dabali-khabar/4644/#.W0_oS9AXeKE.facebook

 

 

 

 

 

 

 

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us