आवश्यकता
प्रकाशित मिति: २०८३/०६/१४
बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा दर्ता भई समाज कल्याण परिषद्मा आबद्ध, मनोसामाजिक सु–स्वास्थ्य तथा मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था हो। संस्थाले स्थापनाकालदेखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थामा मनोसामाजिक सहयोग प्रदान गर्नुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम, अनुसन्धान तथा सेवा प्रवाहका कार्यहरू सञ्चालन गर्दै आएको छ ।
हाल टि. पि. ओ. नेपालले युनिसेफको सहयोगमा सञ्चालन गरिरहेको “रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिका, किशोरकिशोरी, स्याहारकर्ता तथा जोखिममा रहेका समुदायको समावेशी मनोसामाजिक सहयोगमार्फत मनोसामाजिक सु–स्वास्थ्यमा सुधार” परियोजनाका लागि निम्न पदमा सामुदायिक मनोसामाजिक कार्यकर्ता (CPSW) आवश्यक भएकाले तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिन्छ ।
पद: सामुदायिक मनोसामाजिक कार्यकर्ता (CPSWs)
आवश्यक संख्या: १६ जना
समयावधि: १० महिना
कार्यक्षेत्र/स्थान:
| क्र.स. | जील्ला | पालिका | आवश्यक संख्या |
| १ | नुवाकोट | बिदुर नगरपालिका | ३ |
| बेल्कोटगढी नगरपालिका | २ | ||
| किस्पाङ्ग गाउँपालिका | २ | ||
| २ | रसुवा | आमाछोदिङ्गमो गाउँपालिका | २ |
| कालिका गाउँपालिका | १ | ||
| उत्तरगया गाउँपालिका | २ | ||
| ३ | धादिङ | गल्छी गाउँपालिका | २ |
| गजुरी गाउँपालिका | २ |
भूमिका र जिम्मेवारीहरूः
सामुदायिक मनोसामाजिक कार्यकर्ताले निम्न प्रमुख जिम्मेवारीहरू निर्वाह गर्नुपर्नेछ:
- आधारभूत मनोसामाजिक सहयोगसम्बन्धी तालिम तथा अभिमुखीकरणमा सक्रिय रूपमा सहभागी भई सिकेका ज्ञान तथा सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्ने ।
- विद्यालय तथा समुदायमा बालबालिका र किशोरकिशोरीको मनोसामाजिक सुस्वास्थ्य प्रवर्द्धनका लागि मनोसामाजिक सहयोग, सचेतना तथा समूहगत गतिविधिहरू सञ्चालन गर्ने ।
- बालबालिका तथा किशोरकिशोरीका अभिभावक र स्याहारकर्ताका लागि मानसिक स्वास्थ्य, मनोसामाजिक सुस्वास्थ्य तथा सकारात्मक हेरचाहसम्बन्धी अभिमुखीकरण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
- मनोसामाजिक समस्या वा भावनात्मक कठिनाइ पहिचान भएका बालबालिका तथा किशोरकिशोरीलाई आधारभूत मनोसामाजिक सहयोग प्रदान गर्ने तथा आवश्यकताअनुसार थप सेवाका लागि सिफारिस गर्ने ।
- थप मानसिक स्वास्थ्य, मनोसामाजिक वा संरक्षणसम्बन्धी आवश्यकता पहिचान भएका बालबालिका तथा किशोरकिशोरीलाई सम्बन्धित तथा विशेषज्ञ सेवामा सुरक्षित र समयमै प्रेषण (Referral) गर्ने र आवश्यकतानुसार फलोअप गर्ने ।
- सुपरभाइजरसँग नियमित सुपरिवेक्षण, केस छलफल तथा प्राविधिक मार्गदर्शनमा सहभागी हुने र जटिल वा उच्च जोखिमका विषयमा समयमै सहयोग लिने ।
- विद्यालय, अभिभावक/स्याहारकर्ता, वडा तथा स्थानीय तह, स्वास्थ्य तथा संरक्षणसम्बन्धी सेवा प्रदायक र अन्य सरोकारवालासँग आवश्यक समन्वय र सहकार्य गर्ने ।
- परियोजना सञ्चालन भएका क्षेत्रहरूमा नियमित रूपमा क्षेत्र भ्रमण गरी निर्धारित गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने ।
- सञ्चालन गरिएका गतिविधि, सेवा तथा प्रेषणसम्बन्धी आवश्यक अभिलेख राख्ने तथा नियमित प्रतिवेदन सुपरभाइजर, अनुगमन तथा मूल्याङ्कन अधिकृत तथा परियोजना संयोजकलाई पेश गर्ने ।
- बाल संरक्षण, गोपनीयता, सूचित सहमति/स्वीकृति, PSEA/PRSEAH, Do No Harm तथा व्यावसायिक आचारसंहिता सम्बन्धी मापदण्ड पालना गर्ने ।
- परियोजनाको आवश्यकता तथा संस्थाको निर्देशनअनुसार मनोसामाजिक सहयोगसम्बन्धी अन्य आवश्यक गतिविधिमा सहयोग गर्ने ।
सीप, योग्यता तथा अनुभव:
- नेपाली नागरिक भएको ।
- १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको ।
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा कक्षा १२ (+2) वा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको ।
- समुदायमा बालबालिका तथा किशोरकिशोरीसँग काम गर्ने राम्रो अन्तरव्यक्तिगत तथा सञ्चार सीप भएको र नयाँ कुरा सिक्ने र लागु गर्ने स्वाभाव भएको ।
- विपद्/आपत्कालीन अवस्थामा काम गरेको, समुदायमा आधारित मनोसामाजिक सहयोग, बाल संरक्षण वा बालबालिका तथा किशोरकिशोरीसँग सम्बन्धित कार्यको अनुभव भएकोलाई प्राथमिकता दिइने ।
- रसुवा, नुवाकोट वा धादिङ जिल्लाअन्तर्गत परियोजना कार्यान्वयन हुने सम्बन्धित स्थानीय तहको स्थायी बासिन्दा भएको ।
- समुदायसँग घुलमिल भएर काम गर्न सक्ने तथा स्थानीय परिवेश, भाषा, संस्कृति र समुदायको सामाजिक सन्दर्भबारे जानकार भएको ।
- वडा, पालिका, विद्यालय, समुदाय तथा अन्य सरोकारवालासँग प्रभावकारी रूपमा समन्वय तथा सहकार्य गर्न सक्ने ।
- आधारभूत कम्प्युटर ज्ञान भएको तथा गतिविधि/कार्यसम्पादनसम्बन्धी प्रतिवेदन समयमै तयार गरी पेश गर्न सक्ने ।
- कुनै आपराधिक गतिविधिमा संलग्न नभएको तथा फौजदारी अभियोग नलागेको ।
- आदिवासी जनजाति, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका योग्य उम्मेदवारहरूलाई आवेदन दिन प्रोत्साहित गरिनेछ ।
आवेदन प्रकृया
इच्छुक व्यक्तिले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हाँसिल गरेका प्रमाण पत्रका प्रतिलिपिहरु, शैक्षिक प्रमाण पत्र र नागरिकताको एक एक प्रति संस्थाको इमेल: hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नुहुनेछ । तोकिएको मिति भन्दा पछि बुझाइएको आवेदनलाई मान्यता दिइने छैन ।
- आवेदन फारम बुझाउने अन्तिम मिति: २०८३ अशोज २० गते गते ५ बजे सम्म तदानुसार ६ अक्टोबर २०२६ ।
नोटः आवश्यक योग्यता पुगि छनौटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । कृपया निवेदनमा आफ्नो भरपर्दो सम्पर्क नम्वर तथा ठेगाना समावेश गर्नुहोस् । साथै निवेदनका साथमा आफुले कुन जिल्लाको पालिकाको लागि आवेदन गरेको हो प्रष्ट खुलाउनु पर्नेछ ।
टि. पि. ओ. नेपाल आफ्नो जनशक्ति भित्र विविधता र समावेशीकरणका लागि प्रतिबद्ध छ साथै अल्पसंख्यक, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरूलाई आवेदन दिन प्रोत्साहित गर्दछ । सबै आवेदनहरूको गोपनियता कायम गरिनेछ । टि. पि. ओ. नेपालले यौन शोषण र दुर्व्यवहार, यौन उत्पीडन र भेदभाव लगायत कुनै पनि प्रकारको उत्पीडन सहन गर्दैन ।