मनोसामाजिक सु–स्वास्थ्य : स्वस्थ जीवनको आधार

यो फ्लिप चार्ट समुदाय तथा विद्यालयमा बालबालिका, किशोरकिशोरी तथा महिला समूहहरु माझ अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नको लागि तयार पारिएको हो । यसले अभिमुखिकरणको सहजिकरणका लागि मार्गदर्शन दिनेछ । यसको प्राथमिक लक्षित समूह बालबालिका, किशोरकिशोरी तथा महिला समूहहरु रहेका छन् । यस फ्लिप चार्टका माध्यमबाट पहिलो कथामा आधारित भई अभिमुखिकरण कार्यक्रम गर्दा लक्षित वर्गका साथै अभिभावक तथा शिक्षक शिक्षिकाहरुलाई पनि छुट्टै सत्र सञ्चालन गरी कार्यक्रममा समावेश गरिनु पर्ने हुन्छ अर्थात् यसको द्वितिय लक्षित समूह अभिभावक तथा शिक्षक–शिक्षिका रहेका छन् । यस फ्लिप चार्टमा एकातिर हाम्रा समुदायमा घटिरहेका घटनासँग मिल्दोजुल्दो काल्पनिक कथा र अर्कातिर कथासँग मिल्दोजुल्दो चित्रहरु प्रस्तुत गरिएको छ । यस फ्लिप चार्टको मुख्य उद्देश्य भनेको छलफलको माध्यमद्वारा परिवार, समुदाय तथा विद्यालयमा हुन सक्ने हिंसाजन्य व्यवहारहरु, घटनाहरु र त्यसले व्यक्तिको मनोसामाजिक सुस्वास्थ्यमा पारेका असरहरुलाई कसरी न्यूनिकरण, निरुत्साहन र नियन्त्रण गर्न सकिन्छ भन्ने बुझाउनु रहेको छ । यसका साथै मनोसामाजिक समस्याको पहिचान गरी व्यवस्थापनका लागि आवश्यक चेतना अभिवृद्धि गर्नु रहेको छ । यो फ्लिप चार्ट युनिसेफको सहयोगमा टि.पि.ओ. नेपालका अनुभवी मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विज्ञहरुले सरल नेपाली भाषामा तयार गर्नु भएको छ । यस सामग्रीलाई मनोसामाजिक मनोविमर्शकर्ता, मनोसामाजिक सहयोगका क्षेत्रमा कार्यरत सामाजिक कार्यकर्ता, मनोसामाजिक सहयोग सम्बन्धी तालिम प्राप्त शिक्षक, शिक्षिका तथा स्वास्थ्यकर्मीले यसको स्व–अध्ययन गरी प्रयोग गर्न सक्नुहुनेछ ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us