त्यो डिप्रेसन जसले मेरो साथीलाई आत्महत्या गर्न बाध्य पार्‍यो

By X (Name not disclosed)

Consent taken (Date: 21/04/2020)

Youth Advisory Group member, IDEA project

Note: Youth Advisory Group is comprised of young people aged 10 to 24 years which includes but not limited to young people who are depressed, recovered/ non-depressed and have family/relatives/friends with depression. The group has been helping us to inform on the existing issues faced by young people with possible solutions, direction where the project is taking, interpretation of the results, sensitive and effective approaches to disseminate results to young people, their families and the wider public, and the potential future implementation of our findings in educational, public and health contexts.

२०५६ बैशाख २९ गतेका दिन काभ्रेको एक विकट गाउँको घरमा एक दम्पतिले भाकल गरी जन्माएको ४ छोरी मुनिको एक मात्रै छोरो थियो ऊ । आफ्नो छोराको भविष्य उज्जवल होस् भनेर आफ्नो गाउँभन्दा केही परको दुरीमा रहेको काठमाडौँ शहरमा उसका आमाबाबुले उसलाई नर्सरीमा भर्ना गरिदिनु भयो । काठमाडौँमा आफन्त कोही नभएका कारण उसलाई उसका बाबुआमाले होस्टेलमा राखिदिनु भयो । होस्टेलमा अनेकौँ जिल्लाबाट अनेकाैँ खालका विद्यार्थीहरु बस्ने गर्दथे । दिन बित्दै गर्दा उसलाई आफ्नो घरपरिवार भन्दा साथीहरु प्यारा लाग्न थाले । कुसंगतको कारणले ऊ सानै उमेरमा जाँड–रक्सी, चुरोट, खैनी खाने र राति राति भागेर डान्स बार तिर जाने गर्न थाल्यो ।
उसका ४ दिदीहरु मध्ये ३ जनाको बिहे भएको थियो भने एक जना दिदी चाहिँ आफ्नो बाबुआमाको स्याहार गर्दै उहाँहरु सँगै बस्नु भएको थियो । उसको बुवा भने आफ्नो उग्र स्वभाव नियन्त्रण गर्न नसक्ने र रक्सी खाएर आफ्नी श्रीमतीलाई कुट्ने गर्नुहुन्थ्यो । यति मात्र नभएर शहरको एक होस्टेलमा बसेर पढ्ने आफ्नो छोरालाई समेत तथानाम गाली दिँदै तनाव दिने गर्नुहुन्थ्यो । यी सबै घरायसी समस्याको कारणले गर्दा ऊ १४ वर्षको उमेरमा डिप्रेसनको शिकार बन्न पुग्यो ।
म, (नाम), यो कथाको पात्रको एकदमै मिल्ने साथी । म होस्टेलमा ऊ सँगै बस्ने गर्थे । ऊ मभन्दा एक ब्याच सानो थियो तर हामी एकदम मिल्ने साथी थियौँ । होस्टेलको पहिलो दिन हामी एउटै कोठामा परेका थियौँ र उसले मलाई उसको एकजना केटी साथीसँग अफेयर चलेको कुरा सुनाएको थियो । उसले मलाई त्यो कुरा गोप्य राख्न भनेको थियो । त्यसैले मैले पनि कसैलाई भनिन । सायद त्यसैले पनि होला मलाई उसले विश्वास गर्न थाल्यो र हामी अत्यन्तै मिल्ने साथी भयौँ । अरु सबै केटाले उसलाई केटीको कुरामा निहुँ खोजेर पिट्नको लागि निशाना बनाउथेँ भने म चाहिँ सधै उसकाे साथमा हुन्थेँ । सायद त्यसैले पनि उसले मसँग हरेक कुराहरु सेयर गर्ने गर्थ्यो । सबै कुरा सेयर गर्ने क्रममा उसले मलाई “ओई मलाई डिप्रेसन छ नि यार” भनेको थियो । उसको पारिवारिक कारणले गर्दा ऊ डिप्रेसनमा गएको होला । उसको बाबुले दिनहुँ रक्सी खाएर उसको आमालाई पिट्ने गर्नुहुन्थ्यो रे । अनि जब उसले सम्झाउन खोज्थ्यो तब उसको बाबु घर छोडेर हिँड्ने गर्नुहुन्थ्यो रे । उसको कुरा सुन्दा मलाई उसको धेरै नै माया लाग्थ्यो । मैले उसलाई भन्ने गर्थे “साथी, तँ धेरै नै प्रतिभाशाली मान्छे होस् र तैँले केही गर्न सक्छस् । आफ्नो आमालाई सम्झेर काम गर् । तँलाई जे परे पनि म छु तेरो साथमा ।”
ऊ धेरै बिरामी पनि भइराख्थ्यो । उसलाई प्राय जस्तो टाईफाइड हुन्थ्यो । उसले चाहिँ भन्ने गर्थ्यो कि उसको भाकल पुरा नभएको कारणले उसलाई त्यस्तो भएको हो । र साँच्चै नै उसले दक्षिणकालीमा गएर बोका चढाएपछि उसलाई कहिल्यै पनि टाईफाइड भएन । उसलाई उसको जेठो भिनाजुले जचाउँनको लागि हस्पिटल लग्नु भएको थियो र त्यसै क्रममा उसलाई डिप्रेसन भएको थाहा भयो । ऊ प्राय जस्तो जहिले पनि टोलाएर बस्ने गर्थ्याे र अत्यधिक रिसाहा स्वभावको पनि थियो । ऊ अरुसँग झगडा गर्न जाने, फाइट खेल्ने र कहिलेकाहीँ त सरलाई नै पिट्न जाने सम्म गर्थ्यो । कहिलेकाहीँ आत्महत्या गर्ने प्रायस पनि गर्थ्याे उसले किनकि उसलाई बाँच्ने रहर कत्ति पनि थिएन । उसले सधैँ मर्न पाए हुन्थ्यो भन्ने गर्थ्याे । भुइँचालो आउँदाको समयमा हामी सबै जना आफ्नो कोठाबाट भागेर तल स्कुलको कम्पाउण्डमा जान्थ्याैँ भने ऊ चाहिँ कोठामा बसिराख्थ्यो । मैले आइज तल जाम् भनेर भन्दा उसले “नाई यार, मैले जे सोचेको छु त्यही भइदिए हुन्थ्यो, यो भवन पल्टिए त म मर्थेँ अनि आनन्द हुन्थ्यो” भन्ने गर्थ्यो । उसले त्यस्तो कुरा गर्दा हामी साथीहरु मिलेर उसलाई कुरामा घुलमिल गराएर, गितार/टेबलमा ड्रम बजाएर र गीत गाएर उसको पीडालाई भगाउने कोशिस गर्थ्यौँ ।

तर मान्छेको मनै त हो । कुन बेला के हुन्छ थाहा हुँदैन । एक दिन त मैले उसको हातबाट विष खोसेर फालेँ । अनि उसलाई अंगालोमा राखेर “म छु तेरो साथमा” भनेर हौसला समेत दिए । तर २०७२ सालको चैत २६ गते हामीले एस.एल.सी पास गरेर त्यस विद्यालयबाट बिदा भयौँ । हाम्रो साथी हामी भन्दा एक ब्याच सानो भएकोले हाम्रो साथ त्यहीँसम्म रह्यो । स्कूलपछि सायद आफ्नो करियरको सोचले होला, ऊ प्रतिको हाम्रो ध्यान कम हुँदै गयो । सधैँ भेट पनि नहुने र आफ्ना नयाँ साथीहरुसँगको छुट्टै दुनियाँले हामी टाढा हुँदै गयौँ । २०७३ साल जेठ २९ गते आफ्नो सिरानीमा “बुवा, म हजुरको गधा छोरा । भाते छोरा । न त कहिल्यै हजुरलाई एक्लो छोराको माया दिन सकेँ । अब आफ्नो हजुरआमासँग जाँदैछु । मलाई माफ गरिदिनुस् आमाबुवा” भनेर चिठ्ठी लेखेर आफ्नो होस्टेलको शौचालयमा तन्नाले घाँटी बेरी अत्महत्या गर्‍यो ।
आफ्नो साथीको आत्महत्याको पीडा छुट्टै छ भने घटना स्थानमा उसको क्लासका साथीहरु हाँसिरहेको देख्दा छुट्टै पीडा भयो । त्यो घटना पछि हामी सबै जना केटाहरु भेट्याैँ अनि उसको क्लासका केटाहरुलाई पिट्ने भनेर एक हुल भएर गयाैँ । तर थाहा भयो कि उनीहरुले केही पनि गरेका हैन रहेछन्, गर्न पनि सक्दैन थिए केही । अहिले पनि उसलाई सम्झिँदा मन रुन्छ । ऊसँग बिताएका ती हरेक पल सम्झिँदा आँखाबाट आँसु झर्छन् ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us