आवाश्यकता

बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्घ भएको मनोसामाजिक सु–स्वास्थ्य र मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै नेपालका विभिन्न जिल्लाहरूमा समुदायमा आधारित भई सामान्य तथा आकस्मिक अवस्थाहरुमा मनोसामाजिक सहयोग पु¥याउनुका साथै मनोसामाजिक तथा मानसिक स्वास्थ्यका विषयमा तालिम तथा अनुसन्धानका कार्यहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।

हाल यस संस्थाले चितवन जिल्लाको भरतपुर महानगरपालिकाको सामुदायिक विद्यालयहरुमा एक अनुसन्धानमूलक परियोजना सञ्चालन गर्दै आइरहेको छ । यस परियोजनाको कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट केही संख्यामा कर्मचारी आवश्यक परेको हुँदा तल उल्लेखित योग्यता पुगेका व्यक्तिहरूले तोकिएको मिति भित्र आवेदन पेश गर्नहुन अनुरोध गरिन्छ ।

पद: अनुसन्धान सहायक

समया अवधि:  १ वर्ष  (समय अवधि थप गर्न सकिने)

जिल्ला: चितवन

आवश्यक संख्या: ४ जना

भूमिका र जिम्मेवारीहरू

  • तोकिएका विद्यालय तथा समुदायमा गई अनुसन्धान कार्यका लागि सहभागीहरू छनोट गर्ने र उनीहरूसँग सहमति फारम भराई तथ्याङ्क सङ्कलन गर्ने । अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थित गर्नका लागि विद्यालयसँग समन्वय गर्ने ।
  • अनुसन्धान मार्फत सङ्कलित तथ्याङकहरू उच्च गुणस्तरका छन भन्ने कुराको सुनिश्चितता गर्ने ।
  • आवश्यकता अनुसार अनुसन्धान सामग्री तथा प्रश्नावलिहरूको अनुवाद गर्ने तथा अन्तिम रुप दिन अनुसन्धान टोलीलाई सहयोग गर्ने ।
  • अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि परियोजना संयोजक, तथा रिसर्च सुपरभाइजरसँगको समन्वयमा रही कार्य गर्ने तथा नियमित जानकारी तथा रिपोर्ट बुझाउने ।
  • अनुसन्धान कार्यलाई नियमित तथा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि तोकिएका अन्य सम्पूर्ण जिम्मेवारीहरू वहन गर्ने ।

सीप, योग्यता तथा अनुभव:

  • BA, BEd, BPH वा अन्य सम्बन्धित विषयमा अध्ययनरत गरेको वा मान्यता प्राप्त शिक्षण संस्था बाट स्वास्थ्य सम्बन्धी तालिम हाँसिल गरेको ।
  • नेपाली नागरीकताको प्रमाणपत्र भएको ।
  • समुदाय र विद्यालय स्तरमा अध्ययन अनुसन्धान सम्बन्धी अनुभव भएको ।
  • समन्वय तथा सञ्चारको सीप भएको ।
  • आवश्यकता परेको खण्डमा कार्यालय समय बाहेक पनि काम गर्न सक्ने ।
  • जिल्लाको दुर्गम भेगमा काम गर्न सक्ने ।
  • कम्प्युटर र ट्याब्लेट प्रयोग गर्न सक्ने ।
  • संख्यात्मक (quantitative), गुणात्मक (qualitative) र संयुक्त (Mixed) अनुसन्धान विधि सम्बन्धी ज्ञान र अनुभव भएकोलाई प्राथमिकता दिईने छ ।
  • महिलाहरुलाई प्राथमिकता दिईनेछ ।
  • मोटरसाइकल र स्कुटर तथा लाइसेन्स भएकालाई प्राथमिकता दिइनेछ ।

कर्मचारीहरुलाई सर्वप्रथम विषयगत तालिम तथा सीप प्रदान गर्नेछ र सिकेको उक्त सीपका आधारमा उनीहरुले प्रयोगात्मक अभ्यास गर्नेछन् । करिव १ महिना पछि विषयगत सीपको मुल्याङ्कन गरी २ जना उतकृष्ट कर्मचारीहरु चयन गरिनेछ)

आवेदन प्रकृया

इच्छुक आवेदकले आवेदन पत्रका साथमा बायोडाटा, अनुभव हाँसिल गरेका प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र साथै नागरिकताको एक एक प्रति प्रतिलिपिहरू संस्थाको इमेल: hrtponepal@tponepal.org.np मा पेश गर्न सक्नुहुनेछ ।

सम्पर्क व्यक्ति:

सुजन श्रेष्ठ: ९८६०९३७२९३, परियोजना संयोजक

विष्णु लामिछाने: ९८४१७६००३८, रिसर्च सुपरभाइजर   

आवेदन फारम बुझाउने अन्तिम मिति: २०८२  फाल्गुन ३० गते बेलुकी ५ बजे सम्म (१४ मार्च २०२६)

तोकिएको मिति भन्दा पछि बुझाइएको आवेदनलाई मान्यता दिइने छैन ।

नोटः– आवश्यक योग्यता पुगि छनोटमा परेका आवेदकहरूलाई मात्र अन्तरवार्ताका लागि बोलाईने छ । कृपया निवेदनमा आफ्नो भरपर्दो सम्पर्क नम्वर तथा ठेगाना समावेश गर्नुहोस् ।