हामी कति तयार?

˗ पार्वती श्रेष्ठ
परियोजना संयोजक

वैशाख १२ गतेलाई भुकम्पसँग जोडेर सम्झन थालेको यो चौथो पटक हो । यसपटक पनि हामीले यो दिन चार वर्ष अगाडि भूकम्प आउँदा के गर्दै थियौँ भनेर सम्झियौँ । विपद् मा काम गर्ने संघसंस्थाले गरेका विभिन्न कार्यक्रमबारे पत्रपत्रिकाहरुले लेख लेखे । त्यतिबेला के कस्ता कार्य भए, कतिले ज्यान गुमाए, कस्ता साहसिक कुराहरु भए, कति काम अपूरा छन् र कति पूरा भए बारेमा छलफल भए । अझ यो वर्ष ११ गते आएको भूकम्प र १२ गते बिहान देखि धुमिलिएको दिनले भूकम्प गएकै दिनको याद ताजा गराइदियो । तर आज झन्डै एक महिनापछि यसको सान्दर्भिकता भने सकिए जस्तो भएको छ । आठ हजार भन्दा बढी व्यक्तिको ज्यान लिएको महाभूकम्पले अपांगताका साथै धेरै जनालाई जीवनभर पुग्ने मानसिक पीडा समेत छोडेर गएको थियो । त्यसपछि पनि थुप्रै सानाठूला भूकम्प तथा त्यसका पराकम्प हामीले भोग्दै आएका छौँ ।

हामी कति तयार छौँ त, अझ भनौँ म कति तयार छु भन्ने प्रश्नमा यो लेख केन्द्रित छ । त्यस्तो नहोस् तर यही अवस्थामा फेरि भूकम्प गयो भने हामी कति तयार छौँ? अहिले जो यो लेख पढिरहेका छौँ ती मध्ये कति घरमा छौँ, कति कार्यालयमा वा कति गाडीमा छौँ होला । यस्तो अवस्थामा हाम्रो घर, कार्यालय वा बाटोघाटो कतिको सुरक्षित छन्? हाम्रा बच्चाहरु स्कुलमा होलान्, सिनेमा हल वा सपिङ मलमा होलान्, ती कतिको सुरक्षित छन्? कति तालिममा छौँ होला, ती तालिम सुरु हुँदा हामीलाई तालिम हलको आकस्मिक ढोकाको बारेमा भनियो? आपतकालीन अवस्थामा के गर्ने जानकारी दिइयो वा हामीले सहभागीलाई दियौँ? कति पटक हामीले आकस्मिक उद्धारको अभ्यास गर्यौं र कति गंभीरतापूर्वक गर्यौं? हामीले घरमा वा कार्यालयमा हुँदा आपतकालीन अवस्था आएमा के गर्ने भनेर छलफल गरेका छौँ? त्यो योजना नभए वैकल्पिक रुपमा के गर्ने? प्राथमिक उपचार कसरी गर्ने? झट्पट झोलाको बारेमा सुनेका छौं? त्यो झोला तयार छ? भेटिने ठाऊँमै छ? के ती झोलालाई बारम्बार चेक गरिरहनुभएको छ? तपाईंका कोठा, घर, कार्यालय र स्कुलका संरचना जोखिमयुक्त छन् कि? ती संरचना केटाकेटी, वृद्धवृद्धा र अपांगमैत्री छन् कि छैनन्? हामीले हाम्रा केटाकेटीसँग विपतको अवस्था आइहालेमा के गर्ने भन्ने कुरा कतिको छलफलमा ल्याएका छौँ? उनीहरुलाई मानसिक रुपमा तयार गरेका छौँ? घरभित्र र बाहिर सुरक्षित स्थान पत्ता लाएका छौँ? यी यावत प्रश्नहरुले हामी कतिको तयारी अवस्थामा छौँ भन्ने संकेत गर्दछ ।

अहिलेको अवस्था हेर्ने हो भने हामी त्यति गम्भीर भएका छैनौँ र गम्भीर नहुनुमा हाम्रो भाग्यवादी सोचको ठूलो हात छ । हामी कमजोर संरचना र पूर्वतयारीको कमी भएको स्वीकार्नु भन्दा कर्ममा लेखेको कुरा भएरै छोड्छ, हुने हार दैव नटार भन्ने जस्ता कुरामा विश्वास गर्छौँ । हामी अझै पूर्वतयारीमा गम्भीर नभएको कुरा अग्ला अग्ला बन्दै गरेका घरहरु, मापदण्ड विपरितका अव्यवस्थित संरचना, अपर्याप्त खुल्ला स्थान र हाम्रो कम तदारुकताले देखाउँछ । पूर्वतयारीको कमीले हामी अझै जोखिमको अवस्थामा रहेका छौँ । यदि यही क्रम रहिरहने हो भने हामीले त्यस्तो अवस्था फेरि आएमा अझै धेरै जनधनको क्षति बेहोर्नु नपर्ला भन्न सकिन्न ।

पूर्वतयारीले हामीलाई मानसिक रुपमा बलियो बनाउँछ र विपद् र यसका जोखिमसँग सामना गर्न थप बल पुग्दछ । पूर्वतयारी एकजना वा व्यक्तिगत तवरले मात्र गरेर हुँदैन, व्यक्ति, समुदाय तथा सरकार सबैको सहकार्य जरुरी छ । तर सुरुवात भने व्यक्तिगत तवरबाट नै हुनुपर्दछ । अब हामीले कम्तीमा पनि कुनै दाता वा सरकारको मुख नताकि आफैँ र अहिल्यै गर्न सकिने जति पूर्वतयारी गर्ने हो कि? ताकि बाँकीको तयारी गर्न बेलैमा आवाज उठाउन सकियोस् ।

आजै र अहिले नै गर्न सकिने तयारी

  • झट्पट झोलाको व्यवस्थापन गर्ने (अत्यावश्यक औषधी, महत्वपूर्ण कागजात, ७२ घण्टासम्म पुग्ने नबिग्रने खानेकुरा, टर्च, सिट्ठी, आवश्यक कपडा, प्याड, आदि)
  • घरघरमा विपद् व्यवस्थापन सम्बन्धि छलफल गर्ने (के गर्ने, कहाँ जम्मा हुने, घरको र घर नजिकको सुरक्षित ठाऊँ पत्ता लगाउने)
  • हामी भूकम्पिय जोखिमको क्षेत्रमा छौँ तर यदि पर्याप्त तयारी गरे, बुद्धि पुर्याएर धैर्यता देखाएमा यसको क्षति कम हुन्छ भनेर बालबालिकालाई जानकारी दिने
  • संरचनागत तयारी (घरको मर्मत गरिरहने, भुइँचालोको बेलामा माथिबाट छतको गमला जस्ता हल्का सामान झर्ने हुँदा तल राख्ने, दराज भित्तामा किलाले बलियोसँग ठोक्ने आदि)
  • के गर्ने र के नगर्ने बारेमा छलफल गर्ने (टाउको जोगाउने, सुरक्षित स्थानमा जाने, झट्पट झोला बोक्ने, भुइँचालो जाने बित्तिकै आत्तिएर हाम नफाल्ने, नदौडने, हल्लाको पछाडि नलाग्ने)
Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us