बाँचे संसार जितिन्छ !

आत्महत्या रोकथामका लागि टि.पि.ओ. नेपालको सामाजिक पहल

˗ पार्वती श्रेष्ठ
परियोजना संयोजक

 

मनोसामाजिक क्षेत्रमा काम गरेको १० वर्ष भन्दा बढी भइसकेछ । यी दिनहरुलाई फर्केर हेर्दा र आफूले आफूलाई मुल्यांकन गर्दा यस क्षेत्रमा धेरै कामहरु भइसकेका छन् र अझै धेरै भन्दा धेरै कामहरु हुन बाँकी नै छन् । काम गर्दाका सुरुवाती दिनहरुमा केही असहज अवस्था भोगेतापनि एक किसिमको आत्मसन्तुष्टिले गर्दा यस क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्दा यसका पनि विभिन्न पक्षहरुमा काम गर्ने अवसर जुरेको छ । सामान्य अवस्था, द्वन्द्व पछाडिको अवस्था, आपत्कालिन तथा आपत्काल पछिको अवस्थाहरुमा विभिन्न क्षमतामा रहेर मैले काम गर्ने मौका पाएको छु । कामको दौरानमा सधैँ म आफूलाई केही न केही सिकिरहेको अवस्थामा पाउँदछु । यसै क्रममा आपत्कालिन अवस्थाको सहयोग कार्यक्रम सिन्धुपाल्चोक जिल्लामा सकिनै लाग्दा सरोकारवाला निकायहरुले जिल्लामा बढिरहेको आत्महत्याको समस्यामा टि.पि.ओ नेपालले केही काम गर्नुपर्दछ भन्ने खालका सुझावहरु दिनुभयो । तसर्थ आत्महत्या रोकथामका लागि यसै जिल्लामा काम गर्ने उद्देश्यका साथ अष्टे«लियन एडमा प्रस्तावना राख्याँै र त्यो स्वीकृत पनि भयो ।

आत्महत्या रोकथामको क्षेत्रमा काम गर्ने त भन्यौँ तर यसमा काम गर्न कम्ती चुनौतीपूर्ण थिएन । आत्महत्या भइसकेको अवस्थामा सबैजना चनाखो भएतापनि यसमा विद्यमान सामाजिक व्याख्याहरुका कारण यसको बारेमा कुरा गर्न त्यति सहज थिएन । साथै, आत्महत्याको कुरा गर्दा झन् आत्महत्या गर्न उक्साउँछ भन्ने गलत धारणाका कारण यो समस्याका बारेमा खुलेर कुरा गर्न समुदाय तयार थिएन । समुदायमा हानि नपुग्ने हिसाबले कसरी जनचेतना जगाउने भन्ने मुख्य चुनौती रहेको अवस्थामा हामीले सकारात्मक तवरले जनचेतना जगाउन तथा समाजमा खुला रुपमा आत्महत्याको कुरा गर्ने वातावरण बनाउनका लागि निक्कै छलफल ग¥यौँ । साथै संचारका साझेदारका रुपमा अत्यन्तै अनुभवी निहारिका प्रोडक्सनको सहयोग लियौँ । विभिन्न चरणको छलफल पश्चात् मनोविमर्शकर्ता तथा मनोविद्हरुको उपस्थितिमा हामीले “बाँचे संसार जितिन्छ” भन्ने वाक्यलाई छनोट ग¥यौँ । मनोेसामाजिक सहयोगको एउटा उद्देश्य भनेको जीवन प्रति आशा जगाउनु हो, त्यसैले आशा जगाउनका लागि यो वाक्यांश एकदमै सटिक थियो । यसरी यही वाक्यांशलाई शीर्षक राखि रेडियो कार्यक्रम तयार गर्ने निर्णय ग¥यौँ । हामीसँग आत्महत्या जस्तो संवेदनशील विषय थियो र साथै अरुलाई नउक्साउने र समाजमा विद्यमान गलत धारणा चिर्न सक्ने गरी कार्यक्रम निर्माण गर्नुपर्ने अर्को चुनौती थियो । यसका लागि हामीले डकुड्रामा फम्र्याटमा जीवनको कुनै मोडमा आत्महानीको सोच आएका, प्रयास गरेका तर पछि सबैको सहयोगले त्यस्तो समस्याबाट निको भइ समाजमा उल्लेखनीय जीवन बिताउन सफल व्यक्तिका कथाहरु प्रस्तुत ग¥यौँ । सो पश्चात् तिनै कथामा आधारित भइ एकजना विषयविज्ञको अन्तर्वार्ता पनि प्रस्तुत ग¥यौँ । उर्जा दिने संगीत र कविताबाट सुरु हुने यस रेडियो कार्यक्रम सिन्धुपाल्चोक जिल्लाका २ वटा र पछिल्लो चरणमा ३ वटा रेडियोहरुबाट प्रसारण हुने गरेको थियो । आत्महत्याको विषयमा जनचेतना जगाउनका लागि कसैलाई आत्महत्याको सोचाइ आएको बारे कसरी बुझ्ने र कस्तो व्यवहार गर्ने, परिवार, समाज र समुदायको भूमिका कस्तो हुनुपर्ने, प्रहरी र पत्रकारको भूमिका लगायतका विषयवस्तु समेटिएका छन् । कार्यक्रमको पछिल्लो चरणमा मनोसामाजिकका विभिन्न मुद्दाहरुलाई पनि उठान गरिएको छ । यस कार्यक्रमलाई मनोसामाजिक क्षेत्रको एउटा उत्कृष्ट श्रोत सामाग्रीका रुपमा तयार पारिएको छ, जसमा रहेका सूचनाहरुलाई जिल्ला अनुसार परिवर्तन गरि नेपालका ७७ वटै जिल्लाहरुबाट प्रसारण गर्न सकिन्छ । यी श्रृंखलाहरु सरल भाषामा तयार पारिएको हँुदा समुदायका अभिमुखीकरण कार्यक्रमहरुमा पनि प्रयोग गर्न सकिन्छ ।

आजको दिनसम्म आइपुग्दा यस कार्यक्रम विद्यार्थी, समुदायका व्यक्तिहरु तथा अन्य सरोकारवाला निकायहरु माझ लोकप्रिय भइसकेको छ । टि.पि.ओ. नेपालको पहिचानका रुपमा बाँचे संसार जितिन्छले समुदायमा एउटा छाप छोड्न सफल भएको छ । यस कार्यक्रम सुनेर विभिन्न ठाउँबाट मनोसामाजिक सहयोग लिनका लागि पनि सेवाग्राहीहरु आउने गरेका छन् । सबैभन्दा ठुलो कुरा त आत्महत्याको बारेमा सहज रुपमा छलफल हुन थालेको छ र यसलाई गरिबी, प्रेममा धोका वा सामाजिक लाञ्छनाको उपजको रुपमा मात्र नभइ मानसिक तथा मनोसामाजिक समस्याको उपज तथा सामना गर्न नसकेको परिणामको रुपमा हेर्न थालिएको छ । साथै यो कसैलाई धम्काउनका निम्ति गरिएको नभइ एउटा सहयोग खोजेको अवस्था हो र उचित सहयोग पाएको खण्डमा मानिसले आफूले आफूलाई मार्ने जस्तो डरलाग्दो निर्णय गर्नबाट बचाउन सकिन्छ भन्ने कुरा समुदायमा बुझाउन सफल भइएको छ ।

आजको हाम्रो समाजमा आशा भन्दा निराशा व्याप्त छ, तनाव छ, धेरै कुराको दबाव र प्रतिस्पर्धा छ र यहाँ प्रत्येक पल बाँच्नको लागि संघर्ष गर्नुपर्ने अवस्था छ । हामीले भेटेका प्रत्येक व्यक्ति, चाहे अग्रज हुन्, युवा वा बालबालिकामा जीवन प्रति आशा जगाउनु पर्ने आवश्यकता देखिएको छ र आशा मात्र एउटा यस्तो औषधी हो जसले व्यक्तिलाई अगाडि बढ्न प्रेरित गर्दछ । त्यसैले आशा जगाऔँ र सहयोगी हात बढाऔँ, किनभने बाँचे संसार जितिन्छ

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us