चितवनमा झन्डै डेढ लाखमा मानसिक समस्या

भरतपुर । चिन्ता, तनाव, उदासीपन, नैराश्य, आत्मविश्वासको कमी, खानपिनको व्यवहारको असर, लागू पदार्थको बढ्दो प्रयोगलगायतका कारणले पछिल्लो समय मानसिक समस्या भयावह बन्दै गएको छ ।

नेपालमा झन्डै ६० लाख र चितवनमा डेढ लाख मानिसमा कुनै न कुनै मानसिक समस्या रहेको छ । आठ वर्षदेखि टीपीओ नेपालले प्राइम कार्यक्रमअन्तर्गत चितवन जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा मानसिक समस्याको अध्ययन, अनुसन्धान र उपचार गर्दा निकालेको तथ्यांकअनुसार चितवनका डेढ लाख मानिस अर्थात् जम्मा जनसंख्याको २० प्रतिशतमा कुनै न कुनै मानसिक समस्या रहेको छ । चितवन जिल्लामा हाल ६ लाख बढी जनसंख्या रहेको छ ।

टीपीओ नेपालले प्राइम कार्यक्रमअन्तर्गत चितवनमा गरेको कामको प्रगति विवरण सार्वजनिक कार्यक्रममा नसा, स्नायु तथा मानसिक रोग विशेषज्ञ डा. कमल गौतमले चितवनका ९० प्रतिशत मानसिक रोगीहरुले उपचार नपाएको बताए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘चितवनका सबै उमेर समूहका मानिसहरु मानसिक समस्याको शिकार भएका छन्, ९५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारणले भइरहेको छ ।’

उनका अनुसार मानसिक समस्याका बहुआयामिक कारण छन् । वैदेशिक रोजगार, बेरोजगारी, गरिबी, लागू पदार्थ सेवन, वंशाणुगत, तनाव, जीवनपद्धतिलगायतका कारणले मानसिक समस्या विकराल बन्दै गएको उनी बताउँछन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक समस्याले गर्दा हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरिरहेका छन् । संगठनले २०२० पछि हरेक २० सेकेन्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने आँकलन गरेको छ ।

टीपीओ नेपालको प्राइम कार्यक्रमअन्तर्गत चितवनको भरतपुर महानगरमा एक हजार ६८१ जनाले मानसिक समस्याको उपचार गराइरहेका छन् । त्यस्तै, माडीमा ३१२, कालिकामा २८१, रत्ननगरमा ४४८, खैरहनीमा २७३, राप्तीमा २५६ र इच्छाकामनामा १२४ जनाले मानसिक समस्याको उपचार गराइरहेका छन् ।

मानसिक रोग विशेषज्ञ डा. गौतमले मानसिक समस्या लुकाउने प्रचलन समाजमा अझै कायम रहेको बताए । उनले भने, ‘रोगलाई लुकाउने, धामीझाँक्री लगाउने प्रचलन समाजमा व्याप्त छ, जसले गर्दा मानसिक रोगी झन्झन् बढिरहेका छन् ।’

कार्यक्रममा टीपीओ नेपालद्वारा चितवनमा सञ्चालन गरेको प्राइम कार्यक्रमका संयोजक नगेन्द्र लुइँटेलले स्वास्थ्यकेन्द्रबाटै मानसिक समस्याहरु समाधान गर्न सकिने बताए । मानसिक समस्याको विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले भने, ‘चितवनमा स्वास्थ्य संस्थामा आउने जम्मा बिरामीमध्ये ३ प्रतिशत मानसिक समस्याले आइरहेका छन् ।’

उनले प्राइम कार्यक्रम छिटै फेजआउट हुने भएकाले मानसिक समस्याको समाधानको जिम्मा स्थानीय सरकारको भएको बताए । उनले भने, ‘बढ्दो मानसिक रोगको समाधान स्वास्थ्य संस्थाहरुबाटै सम्भव छ, त्यसका लागि हरेक स्थानीय तहमा एक जना काउन्सेलर आवश्यक छ ।’

उनका अनुसार मानसिक समस्या स्वास्थ्य समस्यामात्र नभई सामाजिक, आर्थिक, पारिवारिक सबै क्षेत्रसँग सम्बन्धित रहन्छ ।

कार्यक्रममा प्रदेश ३ स्वास्थ्य निर्देशनालयका प्रतिनिधि यदुचन्द्र घिमिरेले मानसिक रोगी खुल्न नचाहँदा समस्या भएको बताए । टीपीओ नेपालका कार्यकारी निर्देशक सुरज कोइरालाले बढ्दो तनावले मानसिक समस्या समाजमा बढिरहेको बताए ।

चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख नारायण वन, खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया, इच्छाकामना गाउँपालिका प्रवक्ता सावित्री गुरूङ, भरतपुर महानगर स्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठलगायतले मानसिक समस्या समाधानका लागि स्थानीय सरकार लाग्ने प्रतिबद्धता जनाए ।

चितवनमा झन्डै डेढ लाखमा मानसिक समस्या

 

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us