कोरोनाको त्रासले मनोसामाजिक समस्या वृद्धि

चितवन समाचार डटकम

शालिग्राम नेपाल ।
चितवन, १२ बैशाख । कोरोना भाइरसको संक्रमणबाट रोक्नको लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन)को कारणले मनोसामाजिक समस्याका विरामी वृद्धि भएको पाइएको छ ।
कोभिड –१९ को संक्रमण हुन नदिनको लागि एक मात्र उपाय लकडाउन भएकाले अहिले विश्वभरी यही विधि अपानाइएको छ । यही विधि नेपालमा पनि गएको चैत ११ गतेदेखि जारी छ । लकडाउनको कारण मानिस घरमा बस्ने, समाचार, कुराकारी, छलफलमा पनि यही रोगको विषय आउने भएकाले त्रासको कारणले गर्दा मनोसामाजिक समस्या वृद्धि भएको पाइएको अध्ययनले देखाएको छ ।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बहुसास्कृतिक मनोसामाजिक सस्था (टीपीओ) नेपालको समन्वय चिकित्सक सहितको टोलीले गरेको अध्ययनमा यस्तो देखाएको हो । नेपालका विभिन्न क्षेत्रमा आवद्ध भएका व्यक्तिसंग अनलाइन मार्फत सर्वेक्षण गरिएको थियो ।
अध्ययनमा सहभागी अनुसन्धानकर्ता रमेशप्रसाद अधिकारीले भन्नु भयो ‘रोगको संक्रमणको त्रासले मानिसमा डरचिन्ता लाग्ने, भोकनिद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या भइरहेको पाइएको छ ।’ अहिले मानिसमा आएको यो त्रास र डरलाई रोग भन्न मिल्दैन उहाले भन्नु भयो ‘यस्तो समस्या आउदैमा रोग हो भन्न मिल्दैन तर लामो समयसम्म पिरचिन्ता लाग्ने डराउने छटपटी हुने भएमा डिप्रेसनलगायत गम्भीरखाले मानसिक रोगी हुन सक्ने अबस्था आउछ।’ यो समयमा पुराना समस्या भएकालाई बल्झाउन सक्ने उहाले जानकारी दिनु भयो ।
अनुसन्धानकर्ताले नेपालमा लकडाउन भएपछि एक हजार पाँचसय जनामा सोसल मिडिया सर्वेक्षण (२०२०) गर्दा २० प्रतिशतमा बेचैनी, २४ प्रतिशतमा डरको अनुभव गरेको र २४ प्रतिशत लाई चिन्ता लागेको, २४ प्रतिशतले उदासिनताको अनुभव गरेका थिए ।
अध्ययनको क्रममा ४२ प्रतिशत उत्तरदाताहरूले कम्तिमा एउटा र २६ प्रतिशत उत्तरदाताहरूले दुई वा सो भन्दा बढी मनोसामाजिक समस्याहरू जस्तै बेचैनी, डर, चिन्ता, उदास वा दिक्दारीबाट प्रभावित भएको पाईएको थियो प्रतिवेदनमा उल्लेख छ । आधा भन्दा बढी उत्तरदाताहरूले कोभिड( १९ लाई नियन्त्रण गर्न सरकारले गरेको प्रयासबाट सन्तुष्ट भएको बताएका थिए ।
कोभिड(१९ का कारण देशमा अन्य अवस्थामा भन्दा पनि बढि मनोसामाजिक समस्या देखिएको छ । अध्ययनमा सहभागी टीपीओ नेपालका मानसिक रोग विज्ञ डाक्टर कमलले भन्नु भयो यस्तो अवस्थामा सरकार तथा सम्बन्धित निकायबाट छिटो भन्दा छिटो आवश्यक कदमहरु चालेर समस्या समाधान तर्फ जानु पर्ने बताउनु हुन्छ ।
अध्ययनमा सामेल विद्यार्थी, व्यापारी, स्वास्थ्यकर्मी, जागिरे, कृषक र मजदुरमध्ये विद्यार्थी र व्यापारी सबैभन्दा बढी (४७ प्रतिशत) मनोसामाजिक समस्याबाट ग्रसित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययनमा संलग्न डा. गौतमका अनुसार अहिले देखिएका समस्या मानसिक रोगका सामान्य लक्षण मात्रै भएकाले मनोविमर्श, परामर्श या घरमै गर्न सकिने योगाले ठिक हुन सकिन्छ । घरेलु र प्राथमिक उपचार नपाए भोलि समस्या बढेर मानिस दैनिक क्रियाकलाप गर्न नसक्ने गम्भीर मानसिक रोगी बन्न सक्छन् । जसलाई औषधि र उपचारले मात्रै निको बनाउन सक्छ । रोगको डरभन्दा पनि सामाजिक सञ्जालमा फैलिएका भ्रामक सूचना र गलत समाचारलाई सत्य मान्दा उनीहरूमा आत्तिने समस्या देखिएको छ । हल्लाको पछि लाग्नु भन्दा सत्य तथ्य समाचारलाई मात्र आधार मान्दा थप त्रासबाट जोगिने उहाको सुझाव रहेको छ ।
जनसाङख्यिक आधारमा मनोसामाजिक समस्या
सार्वजनिक प्रतिवेदनमा रोगको संक्रमणको डरले मनोसामाजिक समस्या हुनेको सख्या महिलाहरु धेरै भएको पाइएको छ । अध्ययनमा ४५ प्रतिशत महिला मनोसामाजिक समस्याबाट ग्रसित भएको देखाएको छ ।
पुरुषको सख्या भने ४० प्रतिशत रहेको छ । पेशाको आधारमा अनुसन्धानले विद्यार्थी ४७ प्रतिशत, व्यापारी ४७ प्रतिशत, कृषि मजदुरी तथा घरायसी काम गर्नेहरुमा ४३ प्रतिशत, जागीरे ४० प्रतिशत र स्वास्थ्यकर्मी सवैभन्दा कम ३८ प्रतिशतमा मनोसामाजिक समस्या भएको पाइएको हो ।
वैवाहिक अवस्थाको आधारमा हेर्दा विवाहित भन्दा अविवाहितमा समस्या धेरै देखिएको छ । उनीहरु ४६ प्रतिशतमा समस्या देखिएको छ भने विवाहितको प्रतिशत ३९ मात्र रहेको छ ।
परिवारमा २ बर्ष मुनिका बच्चाहरू र गर्भवती भएकाको आधारमा ४५ प्रतिशतमा मनोसामाजिक समस्या भएको पाइएको छ । डेरा गरी बस्ने ४३ प्रतिशत र आफ्नै घरमा बस्नेहरु ४१ प्रतिशत डराएको पाइएको छ । परिवारमा मासिक आम्दानीको आधारमा हेर्दा दश हजार भन्दा कम कमाउनेहरु ५६ प्रतिशतमा समस्या देखिएको छ । दश हजार भन्दा माथि विस हजार सम्म ४६ प्रतिशत, विस हजार भन्दा माथि पचास हजार सम्म ३८ प्रतिशत र पचास हजार भन्दा माथि कमाउनेहरु ३६ प्रतिशतमा मनोसामाजिक समस्या देखिएको हो ।
अनुसन्धानकर्ताहरुमा अधिकारी, डाक्टर गौतम, अमनसेन गुप्ता, राजन श्रेष्ठ सहभागी हुनु भएको थियो । अनुसन्धानलाई टीपीओ नेपालका सुरज कोइराला र पिताम्बर कोइरालाले प्राविधिक सहयोग गर्नु भएको थियो ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • tponepal@tponepal.org.np
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ९ बजे देखि साझ ५ बजेम्म !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 9 AM to 5 PM

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

    Prevention and Protection from Sexual Exploitation, Abuse, and Harassment (PSEAH)

    TPO Nepal upholds a Zero Tolerance Policy against sexual exploitation, abuse, and harassment (SEAH). We are committed to all our staff members, consultants, and everyone we serve, deserve to live and work in a dignified, safe, respectful environment. Please do not be hesitant to report any abuse you may have encountered or witnessed from TPO Nepal staff. We admire your bravery in reporting such unethical behavior. Please contact the following number and email whichever is feasible and appropriate for you.

    Phone: 9818206058 Email: dignitytpo@gmail.com

    We want to make sure that every report gets treated with full respect and confidentiality. TPO Nepal places a high priority on the safety and integrity of all of its staff and those who receive our services.

    Let’s break the silence and speak up against SEAH!!
Subscribe Us




    Connect With Us