घरमा स्वास्थ्य : मानसिक स्वास्थ्य
(सोसल मिडिया टाईल्स)

विश्वव्यापि रुपमा फैलिएको कोभिड–१९ महामारीको कारण धेरै मानिसहरु घरमा बस्न र सभा, सम्मेलन वा बाक्लो उपस्थिति रहेर गरिने कुनै पनि क्रियाकलाप, छलफलबाट टाढा रहन बाध्य छन् । घरमा बसेर धेरैजसो समय बिताउने बानि नभएका हामीलाई सोच्दै नसोचेको तरिकाले यसरी घरमा बसेर दैनिकि चलाउँदा तनाब हुन सक्दछ र दैनिकी भने जस्तो नहुने हुनाले चिन्ता पनि बढ्न सक्दछ । स्वास्थ्यकर्मीहरुले कार्यालयमा नै धेरै समय बिताउनुपर्ने, थप काम गर्नुपर्ने वा बिरामीहरूसँग व्यवहार गर्दा थप दबाबको सामना गर्नु पर्ने स्थिति हुन सक्दछ । मानसिक स्वस्थ्यलाई स्वस्थ बनाईराख्नका निम्ति विश्व स्वास्थ्य सगंठनले घरमा स्वास्थ्य ः मानसिक स्वास्थ्य सोसल मिडिया टाईल्सको समाग्री विकास गरेको छ । नेपाल पनि कोभिड–१९ महामारीको असरबाट अछुतो नरहेकोले यो जानकारीमूलक समाग्री घरमा बसेर समय बिताईरहनु भएका सर्वसाधारण वा एकदमै व्यस्त स्वास्थ्यकर्मी दुवैका लागि मनोसामाजिक तथा मानसिक स्वास्थ्य हेरचाहमा उपयोगी हुने देखिन्छ । बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल (टि. पि. ओ. नेपाल) ले अमेरिकी अन्तराष्ट्रिय विकास नियोगको स्वास्थ्यका लागी सक्षम प्रणाली परियोजनाको सहयोगमा यस समाग्रीलाई नेपालमा नेपाली भाषामा अनुवाद गरेको छ । यो एकदमै सरल रुपमा नेपाली भाषा पढ्न बुझ्न सक्ने सबैलाई मिल्ने गरी चित्र तथा आकर्षण रगंहरुको समेत प्रयोग गरी बनाईएको छ । यसमा दिईएका सम्पूर्ण समाग्री, कथन, विषयबस्तुको सर्वाधिकार तथा जिम्मेवारी यसको निमार्ण समितिमा निहित रहेको छ ।