मानसिक रोगका कारण चालिस सेकेण्डमा एकजनाको मृत्यु

चितवन, ६ माघ ।

टिपिओ नेपालले भरतपुरमा आज एक कार्यक्रमको आयोजना गरी आठ वर्षसम्म गरेको अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेको छ ।
भरतपुरमा भएको कार्यक्रममा जिल्लाका सात वटै स्थानीय तहका जन प्रतिनिधिहरुका बिच तथ्याङक सार्वजनिक गरेको हो । टिपिओ नेपाल अन्र्तगत प्राइम कार्यक्रमले मानसिक स्वास्थ्यको क्षेत्रमा अध्ययन अनुसन्धान तथा उपचारमा भएको प्रगती विवरण सार्वजनिक गरेको थियो ।
कार्यक्रममा ८० प्रतिशत मानिस कुनै न कुनै कारणबाट मानसिक रोगी भएको भन्दै रोगीहरु पहिचान गर्न र मानसिक स्वास्थ्य सेवाको उपयोग बढाउन आवश्यक रहेको जानकारी दिएको छ । विश्वमा ४० सेकेण्डमा एक जना मानिस मानसिक रोगका कारण मृत्यु हुने गरेको जनाएको छ ।
कार्यपत्र प्रस्तुत गर्दै टिपिओ नेपालका कार्यकारी उपप्रमुख तथा मानसिक रोग विशेषज्ञ डाक्टर कमल गौतमले नसर्ने रोगमा मानसिक स्वास्थ्य समस्या वृद्धि हुदै गएको बताउनु भयो । आउदो सन् २०२० सम्ममा २० सेकेन्डमा एक जनाको विश्वमा मृत्यु हुने अनुमान गरेकाले यो रोगको बारेमा अहिलेदेखिनै सचेतना बढाउनु पर्नेमा जोड दिनु भयो ।
संस्थाले गरेको अध्ययनमा आठ वर्षको अवधिमा भरतपुर महानगरपालिका क्षेत्रमा एकहजार ६ सय ८१ जनालाई मानसिक स्वास्थ्य सेवा दिएको छ । त्यस्तै गरी रत्ननगर नगरपालिकामा सातसय ५०, खैरहनी नगरपालिकामा दुइसय ८१, कालिका नगरपालिकामा चारसय ४८ माडी नगरपालिकामामा तीनसय १२, ईच्छाकामना गाँउपालिकामा दुइसय ७३ जनाले नियमित सेवा लिएका छन् ।
कार्यक्रमा टिपिओे नेपालका अनुसन्धान प्रमुख नगेन्द्रप्रसाद लुईटेलले प्राइम कार्यक्रम लागु हुनु पूर्व र पछिको अवस्थामा सुधार भएको बताउनु भयो । मानसिक स्वास्थ्य सम्वन्धी समस्या छ भन्ने नजानेकाहरुले अहिले कुनै न कुनै रुपमा आफूमा त्यस्तो समस्या छ भनी नजिकको स्वास्थ्य सस्थामा उपचारको लागि जाने गरेको अध्ययनले देखाएको जानकारी दिनु भयो । उहाले चितवनमा भएका अनुसन्धानको अन्तिम विवरण सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार ढल्लाकोटी, प्रदेश नं ३ मातहत रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख यदुचन्द्र घिमिरेले गैर सरकारी क्षेत्रले मात्र नभइ सरकारी तहबाट मानसिक स्वास्थ्यको क्षेत्रमा प्रभावकारी काम हुनु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख नारायण वन, खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलिया, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरी, डा. गिरीराज भन्तना, लगाएतले स्थानीय तहमा मानसिक स्वास्थ्यको क्षेत्रमा अझै प्रभावकारी काम हुन नसकेको भन्दै चिन्ता व्यत्तः गर्नु भएको थियो । अनुप अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रम टिपिओे नेपाल कार्यकारी प्रमुख सुरज कोईरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

मानसिक रोगका कारण चालिस सेकेण्डमा एकजनाको मृत्यु

 

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us