मानसिक एवं मनोसामाजिक स्वास्थ्य विषयक समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम

अमेरिकेयर्सको सहयोगमा टि.पि.ओ नेपालद्वारा संचालित मिरा परियोजना अन्तर्गत २०७६ जेष्ठ ३१ गते रामेछाप जिल्लाको मन्थली नगरपालिका-४ सालुमा एक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मानसिक एवं मनोसामाजिक स्वास्थ्य विषयक १ दिने उक्त कार्यक्रममा महिला ६ जना र पुरुष २० जना गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । सो स्थानका बुद्धिजिवीहरुको सक्रिय उपस्थितिमा मनोविमर्शकर्ता भरतकुमार शाही मार्फत कार्यक्रम संचालन भएको थियो ।

यस कार्यक्रमको उद्धेश्य मनोसामाजिक समस्या, यसको कारण, लक्षणहरु र चार पक्षिय असरहरु, मनोसामाजिक समस्यामा परेका व्यक्तिहरुलाई समुदायका व्यक्तिहरुले सकारात्मक दृष्टिकोणले हेर्ने तरिका, आत्महत्या रोकथाम, छारे रोग र रुपान्तरित विकृति, र मादक पदार्थबाट हुने बेफाईदाका बारेमा सहभागीहरुलाई जानकारी दिने रहेको थियो ।

नयाँ विषयवस्तु बारे जानकारी पाएकोमा खुसी लागेको, मानसिक स्वास्थ्यको कार्यक्रम समय समयमा गरिरहनु पर्ने, र आफ्नो समुदायमा समस्यामा परेका व्यक्तिहरुलाई उपचारका लागि स्वास्थ्य चौकीमा पठाउने प्रतिवद्घता लगायतका कुरा सहभागीहरुले यस कार्यक्रममा व्यक्त गर्नुभएको थियो ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us