बाँचे संसार जितिन्छ !

आत्महत्या रोकथामका लागि टि.पि.ओ. नेपालको सामाजिक पहल

˗ पार्वती श्रेष्ठ
परियोजना संयोजक

 

मनोसामाजिक क्षेत्रमा काम गरेको १० वर्ष भन्दा बढी भइसकेछ । यी दिनहरुलाई फर्केर हेर्दा र आफूले आफूलाई मुल्यांकन गर्दा यस क्षेत्रमा धेरै कामहरु भइसकेका छन् र अझै धेरै भन्दा धेरै कामहरु हुन बाँकी नै छन् । काम गर्दाका सुरुवाती दिनहरुमा केही असहज अवस्था भोगेतापनि एक किसिमको आत्मसन्तुष्टिले गर्दा यस क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । मनोसामाजिक सहयोगको क्षेत्रमा काम गर्दा यसका पनि विभिन्न पक्षहरुमा काम गर्ने अवसर जुरेको छ । सामान्य अवस्था, द्वन्द्व पछाडिको अवस्था, आपत्कालिन तथा आपत्काल पछिको अवस्थाहरुमा विभिन्न क्षमतामा रहेर मैले काम गर्ने मौका पाएको छु । कामको दौरानमा सधैँ म आफूलाई केही न केही सिकिरहेको अवस्थामा पाउँदछु । यसै क्रममा आपत्कालिन अवस्थाको सहयोग कार्यक्रम सिन्धुपाल्चोक जिल्लामा सकिनै लाग्दा सरोकारवाला निकायहरुले जिल्लामा बढिरहेको आत्महत्याको समस्यामा टि.पि.ओ नेपालले केही काम गर्नुपर्दछ भन्ने खालका सुझावहरु दिनुभयो । तसर्थ आत्महत्या रोकथामका लागि यसै जिल्लामा काम गर्ने उद्देश्यका साथ अष्टे«लियन एडमा प्रस्तावना राख्याँै र त्यो स्वीकृत पनि भयो ।

आत्महत्या रोकथामको क्षेत्रमा काम गर्ने त भन्यौँ तर यसमा काम गर्न कम्ती चुनौतीपूर्ण थिएन । आत्महत्या भइसकेको अवस्थामा सबैजना चनाखो भएतापनि यसमा विद्यमान सामाजिक व्याख्याहरुका कारण यसको बारेमा कुरा गर्न त्यति सहज थिएन । साथै, आत्महत्याको कुरा गर्दा झन् आत्महत्या गर्न उक्साउँछ भन्ने गलत धारणाका कारण यो समस्याका बारेमा खुलेर कुरा गर्न समुदाय तयार थिएन । समुदायमा हानि नपुग्ने हिसाबले कसरी जनचेतना जगाउने भन्ने मुख्य चुनौती रहेको अवस्थामा हामीले सकारात्मक तवरले जनचेतना जगाउन तथा समाजमा खुला रुपमा आत्महत्याको कुरा गर्ने वातावरण बनाउनका लागि निक्कै छलफल ग¥यौँ । साथै संचारका साझेदारका रुपमा अत्यन्तै अनुभवी निहारिका प्रोडक्सनको सहयोग लियौँ । विभिन्न चरणको छलफल पश्चात् मनोविमर्शकर्ता तथा मनोविद्हरुको उपस्थितिमा हामीले “बाँचे संसार जितिन्छ” भन्ने वाक्यलाई छनोट ग¥यौँ । मनोेसामाजिक सहयोगको एउटा उद्देश्य भनेको जीवन प्रति आशा जगाउनु हो, त्यसैले आशा जगाउनका लागि यो वाक्यांश एकदमै सटिक थियो । यसरी यही वाक्यांशलाई शीर्षक राखि रेडियो कार्यक्रम तयार गर्ने निर्णय ग¥यौँ । हामीसँग आत्महत्या जस्तो संवेदनशील विषय थियो र साथै अरुलाई नउक्साउने र समाजमा विद्यमान गलत धारणा चिर्न सक्ने गरी कार्यक्रम निर्माण गर्नुपर्ने अर्को चुनौती थियो । यसका लागि हामीले डकुड्रामा फम्र्याटमा जीवनको कुनै मोडमा आत्महानीको सोच आएका, प्रयास गरेका तर पछि सबैको सहयोगले त्यस्तो समस्याबाट निको भइ समाजमा उल्लेखनीय जीवन बिताउन सफल व्यक्तिका कथाहरु प्रस्तुत ग¥यौँ । सो पश्चात् तिनै कथामा आधारित भइ एकजना विषयविज्ञको अन्तर्वार्ता पनि प्रस्तुत ग¥यौँ । उर्जा दिने संगीत र कविताबाट सुरु हुने यस रेडियो कार्यक्रम सिन्धुपाल्चोक जिल्लाका २ वटा र पछिल्लो चरणमा ३ वटा रेडियोहरुबाट प्रसारण हुने गरेको थियो । आत्महत्याको विषयमा जनचेतना जगाउनका लागि कसैलाई आत्महत्याको सोचाइ आएको बारे कसरी बुझ्ने र कस्तो व्यवहार गर्ने, परिवार, समाज र समुदायको भूमिका कस्तो हुनुपर्ने, प्रहरी र पत्रकारको भूमिका लगायतका विषयवस्तु समेटिएका छन् । कार्यक्रमको पछिल्लो चरणमा मनोसामाजिकका विभिन्न मुद्दाहरुलाई पनि उठान गरिएको छ । यस कार्यक्रमलाई मनोसामाजिक क्षेत्रको एउटा उत्कृष्ट श्रोत सामाग्रीका रुपमा तयार पारिएको छ, जसमा रहेका सूचनाहरुलाई जिल्ला अनुसार परिवर्तन गरि नेपालका ७७ वटै जिल्लाहरुबाट प्रसारण गर्न सकिन्छ । यी श्रृंखलाहरु सरल भाषामा तयार पारिएको हँुदा समुदायका अभिमुखीकरण कार्यक्रमहरुमा पनि प्रयोग गर्न सकिन्छ ।

आजको दिनसम्म आइपुग्दा यस कार्यक्रम विद्यार्थी, समुदायका व्यक्तिहरु तथा अन्य सरोकारवाला निकायहरु माझ लोकप्रिय भइसकेको छ । टि.पि.ओ. नेपालको पहिचानका रुपमा बाँचे संसार जितिन्छले समुदायमा एउटा छाप छोड्न सफल भएको छ । यस कार्यक्रम सुनेर विभिन्न ठाउँबाट मनोसामाजिक सहयोग लिनका लागि पनि सेवाग्राहीहरु आउने गरेका छन् । सबैभन्दा ठुलो कुरा त आत्महत्याको बारेमा सहज रुपमा छलफल हुन थालेको छ र यसलाई गरिबी, प्रेममा धोका वा सामाजिक लाञ्छनाको उपजको रुपमा मात्र नभइ मानसिक तथा मनोसामाजिक समस्याको उपज तथा सामना गर्न नसकेको परिणामको रुपमा हेर्न थालिएको छ । साथै यो कसैलाई धम्काउनका निम्ति गरिएको नभइ एउटा सहयोग खोजेको अवस्था हो र उचित सहयोग पाएको खण्डमा मानिसले आफूले आफूलाई मार्ने जस्तो डरलाग्दो निर्णय गर्नबाट बचाउन सकिन्छ भन्ने कुरा समुदायमा बुझाउन सफल भइएको छ ।

आजको हाम्रो समाजमा आशा भन्दा निराशा व्याप्त छ, तनाव छ, धेरै कुराको दबाव र प्रतिस्पर्धा छ र यहाँ प्रत्येक पल बाँच्नको लागि संघर्ष गर्नुपर्ने अवस्था छ । हामीले भेटेका प्रत्येक व्यक्ति, चाहे अग्रज हुन्, युवा वा बालबालिकामा जीवन प्रति आशा जगाउनु पर्ने आवश्यकता देखिएको छ र आशा मात्र एउटा यस्तो औषधी हो जसले व्यक्तिलाई अगाडि बढ्न प्रेरित गर्दछ । त्यसैले आशा जगाऔँ र सहयोगी हात बढाऔँ, किनभने बाँचे संसार जितिन्छ

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us