कोरोनाको डरले मनोसामाजिक समस्या पुरुषमा भन्दा महिलामा धेरै

चितवन समाचारडटकम,
९ बैशाख । कोभिड १९ महामारी रोगको संक्रमणको डरले मनोसामाजिक समस्या हुनेको सख्या महिलाहरु धेरै भएको पाइएको छ ।
मनोसामाजिक क्षेत्रमा काम गर्दै आएको सस्था बहुसास्कृतिक मनोसामाजिक सस्था (टीपीओ) नेपालको समन्वय चार जना अनुसन्धानकर्ताले १० दिन लगाएर गरेको अध्ययनमा यस्तो विवरण पत्ता लागेको हो । अनुसन्धानकर्ताले अनलाइन मार्फत नेपालमा वस्ने एकहजार पाँचसय सात जनामा गरेको अध्ययनमा ४५ प्रतिशत महिला मनोसामाजिक समस्याबाट ग्रसित भएको पाइएको छ ।
पुरुषको सख्या भने ४० प्रतिशत रहेको छ । पेशाको आधारमा अनुसन्धानले विद्यार्थी ४७ प्रतिशत, व्यापारी ४७ प्रतिशत, कृषि मजदुरी तथा घरायसी काम गर्नेहरुमा ४३ प्रतिशत, जागीरे ४० प्रतिशत र स्वास्थ्यकर्मी सवैभन्दा कम ३८ प्रतिशत डराएको पाइएको अनुसन्धानकर्ता रमेशप्रसाद अधिकारीले जानकारी दिनु भयो ।
वैवाहिक अवस्थाको आधारमा हेर्दा विवाहित भन्दा अविवाहितमा समस्या धेरै देखिएको छ । उनीहरु ४६ प्रतिशतमा समस्या देखिएको छ भने विवाहितको प्रतिशत ३९ मात्र रहेको अर्का अनुसन्धानकर्ता डाक्टर कमल गौतमले बताउनु भयो । अनुसन्धानमा अमनसेन गुप्ता, राजन श्रेष्ठ सहभागी हुनु भएको थियो । अनुसन्धानलाई टीपीओ नेपालका सुरज कोइराला र पिताम्बर कोइरालाले प्राविधिक सहयोग गर्नु भएको थियो ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us