अध्ययनको निश्कर्श : महामारी रोकथामको लागि सरकारको कामबाट सन्तुष्ट हुनेहरु धेरै

चितवन समाचार डटकम

चितवन ६ बैशाख । कोभिड–१९ रोगको संक्रमण रोकथामको लागि सरकारले गरेको प्रयासबाट सन्तुष्ट हुनेको सख्या धेरै रहेको एक अध्ययनले देखाएको छ ।
मनोसामाजिक क्षेत्रमा काम गर्दै आएको बहुसास्कृतिक मनोसामाजिक सस्था (टीपीओ) नेपालको समन्वयमा चारजना अनुसन्धानकर्ताले १० दिन लगाएर गरेको अध्ययनमा यस्तो विवरण पत्ता लागेको हो । अनलाइन मार्फत नेपाल बाहिर र नेपालमा बस्नेहरु अध्ययनमा सहभागी भएका थिए ।  अध्ययनमा जम्मा एकहजार ६ सय १८ जना सहभागी भएका थिए ।
प्रश्नावलीमा सहभागीहरु मध्य नेपालमा बस्नेहरु एकहजार पाँचसय सात जनामा गरेको अध्ययनलाई मात्र विश्लेषण गरिएको थियो । अध्ययनका क्रममा नेपाल सरकारले कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण तथा रोकथामका लागि गरिरहेको प्रयास कस्तो छ भन्ने प्रश्नमा ३८ प्रतिशतले सन्तुष्ट जनाएका छन् । एकदम नै सन्तुष्ट जनाउनेहरुमा १४ प्रतिशत रहेको छ भने न सन्तुष्ट न असन्तुष्ट जनाउनेहरुको सख्या २४ प्रतिशत रहेको छ । त्यस्तै गरी असन्तुष्ट जनाउनेहरु १५ प्रतिशत रहेको छ । एकदमै असन्तुष्ट जनाउनेहरुको सख्या नौ प्रतिशत रहेको छ ।
महामारी रोग रोकथामका लागि सरकारले गरेको बन्दाबन्दी (लकडाउन), स्वास्थ्य परिक्षण, उपचार, सचेतनाका कार्यक्रम, सेवालगायतको विषयहरु समावेश गरिएको थियो । अध्ययनमा सहभागीहरुका सख्यालाई हेर्दा आधा भन्दा धेरै उत्तरदाताहरुले सरकारले गरेको कामलाई सन्तुष्ट मानेको अनुसन्धानकर्ता रमेशप्रसाद अधिकारीले जानकारी दिनु भयो । मनोसामाजिक क्षेत्रमा काम गर्दै आउनु भएका अधिकारी, अमनसेन गुप्ता, राजन श्रेष्ठ र डाक्टर कमल गौतमले गएको चैत २१ देखि २८ गतेसम्म अनलाइन मार्फत फारम भरिएको थियो ।
अध्ययनमा विद्यार्थी, व्यापारी, गृहणी, स्वास्थ्यकर्मी, रोजगारमा सम्लग्न भएकाहरु, कृषक, मजदुरहरु, घरायसीकाम गर्नेहरु सहभागी भएको अनुसन्धानकर्ता अधिकारीले जानकारी दिनु भयो । अनुसन्धानकर्ताले कोभिडको कारणले मानसिक स्वास्थ्यमा पारेको असरको विषयमा पनि विवरण सार्वजनिक गरेको छ ।

Head Office
  • Baluwatar, Kathmandu, Nepal
  • G.P.O Box 8974/C.P.C. Box 612
  • +977-01-4537124/4524082
  • [email protected]
Toll Free Number
1660 010 2005
हरेक दिन बिहान ८ बजे देखि साझ ६ बजे सम्म !! COVID-19 को मनोसामाजिक प्रभाव !!

यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।

Every Day From 8 AM to 6 PM COVID-19, Psychosocial Impact !!

Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from Nepal Telecom network.

Subscribe Us




    Connect With Us